बिशाल कृषि भण्डारको रुपमा रहेको तराइको समथर भुभाग नेपालको कृषि क्षेत्रको बिकासको निम्ती महत्वपूर्ण भौगोलिक अनुकुलता, बाताबरणीय अनुकुलता सहितको सम्भाबनाको क्षेत्र हो । सरकारी तथा गैर सरकारी स्तरबाट कृषि उत्पादनको क्षेत्रको रुपमा आत्मसाथ गरी नयाँ तथा प्रबिधियूक्त कृषि कार्यहरु तराइका भुभागमा केन्द्रीत हुनुले पनि यो क्षेत्र कृषि कार्यका निम्ति कति महत्वपूर्ण छ भन्ने बुझ्न सकिन्छ। प्रबिधिको तिब्र बिकास, कृषिमा छाएको आधुनिकीकरणको लहर, नयाँ प्रबिधिप्रति आम किसानहरुको आकर्षणले पनि अब नेपाल प्रबिधिसहितको कृषि कार्यमा अगाडि बढ्यो भन्ने सहजै अनुमान गर्न सकिन्छ । यसै सन्दर्भमा बर्दिबास नगरपालिकाले सुरुवात गरेको बर्दिवास नगर कै मुहार बदल्न सक्ने क्षमताको “मेयर कृषि कार्यक्रम” पूरै नेपालको कृषि बिकासको निम्ति अति नै महत्वपूर्ण छ । मेयर कृषि कार्यक्रमलाई पूरै देशको कृषि उत्पादन र बिकासको लागी एउटा नयाँ मोडेल र मेरुदण्डको रुपमा बिकास गर्न यस नगरपालिकाले अझ धेरै योगदान गर्नु पर्ने आवश्यकताको विचमा आज हामी छौं ।
बर्दिवास नगरको यस मेयर कृषि कार्यक्रमलाई प्रधानमन्त्रीको “समृद्घ नेपाल सुखी नेपाली”को अबधारणलाई कार्यान्वयन गर्ने एउटा महत्वपुर्ण कार्यक्रमको रुपमा पनि लिन सकिन्छ । बर्दिबास नगरपालिकाले कार्यान्वयन गर्न लागेको “मेयर कृषि कार्यक्रम”लाई कृषिको बिकासको एउटा नमुना कामको रुपमा स्थपित गर्न गरिएको कोसिस निकै नै स्वगतयोग्य छ । यस पृष्ठभुमीमा बर्दिवास नगरपालिकाको मेयर कृषी कार्यक्रमलाई कार्यान्वयन गर्नका लागी गर्नुपर्ने आवश्यक कामहरु, बिकास गर्नुपर्ने मोडेल र योजनाहरु त्था मोडेल एग्रो भिलेजको अंग र त्यसका कामहरुलाई संक्षेपमा समेटी यो संक्षिप्त प्रस्तावपत्र तयार गरि पेश गरिएको छ ।